काठमाडौं, १६ वैशाख–काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आज विहान ६ बजेबाट निषेधाज्ञा लागु भएको छ । आज बिहान ६ बजेबाट सुरु भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने छ ।

कोरोना संक्रमणको दर बढेपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर आजबाट निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो ।

संघीय सरकारले १५ दिन निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा आवश्यकता अनुसार स्थानीय प्रशासनले निर्णय लिनसक्ने सहमति भएको थियो ।

निषेधाज्ञामा सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनाटर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न पाइने छैन ।

अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाइएको छ भने खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल भने सञ्चालन गर्न पाइने छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *