अनिलदेब/झिलझिले, १६ वैशाख–किसान कृषि सहकारी संस्थाले आज झिलझिलेमा एक कार्यक्रमकाबीच आफ्ना शेयर सदस्यहरुलाई कागतीको विरुवा वितरण गरेको छ । शिबसताक्षी-११ झिलझिलेमा रहेको सहकारी संस्थाले आफ्नो दोस्रो स्थापना दिवसको अवसर पारेर शेयर सदस्यहरुलाई निःशुल्क कागतीको विरुवा वितरण गरेको हो ।

किसान कृषि सहकारी संस्थाको झिलझिलेस्थित कार्यालयमा आयोजित कार्यक्रममा २ सय जना शेयर सदस्यहरुलाई कागतीको विरुवा वितरण गरिएको अध्यक्ष सनम इमजले बताउनुभयो । अध्यक्ष इजमका अनुसार हालः देशभरी बढ्दै गइरहेको कोरोना भाइरसको सङ्कमणबाट सावाधानी उपनाउदै संस्थाले शेयर सदस्यहरुलाई कागतीको विरुवा वितरको हो ।

किसान कृषि सहकारी संस्था दुई वर्ष अघि स्थापना भएको हो । झिलझिलेमा कार्यालय स्थापना गरेर धरमपुर, डुडामारी, दुधे, माइधार, दोमुखा, व्याङडाँडा, चन्द्रडाँगी, शिबगञ्ज, लालझोडा, धौलीचौक, मंगलबारे, शुक्रबार र झिलझिलेमा सेवा विस्तार गर्दै आइरहेको छ । संस्थामा १५ सय शेयर सदस्यहरु छन् ।

कागतीको विरुवा वितरण कार्यक्रममा संस्थाका उपाध्यक्ष एबम् शिबसताक्षी सुनचाँदी व्यवसायी संघका सहसचिव हरिसंखर सिलवालका अनुसार १५ सय शेयर सदस्यहरुमध्ये २ सय जनालाई मात्र कागतीको विरुवा वितरण गरिएको बताउनुभयो । वहाँका अनुसार अन्य शेयर सदस्यहरुलाई क्रमशः सहकारी संस्थाले आगामी कार्यक्रमहरुमा समेट्दै लैजाने बताउनुभयो ।

विरुवा वितरण कार्यक्रममा संस्थाका अध्यक्ष सनम इजम, उपाध्यक्ष हरिसंखर सिलवाल, सचिव मोहन बाहिङ राई, कोषाध्यक्ष दिपेश रिजाल, लेखा समिति संयोजक दिपक कडरिया, सल्लाहकार योगेन लावोती, रुद्र खतिवडा, कार्यालयकी व्यवस्थापक चन्द्रिका (तामाङ) मेन्याङ्बो लिम्बू, सञ्चालक समिति सदस्य डिल्लीराज बेघा, सञ्जु माझी, चन्द्रकाला राई, रविता तामाङ, बुद्धिजिवी सुवास मेन्याङवोको उपस्थिति रहेको थियो ।

संस्थाले शिबसताक्षी–७ निमपत्रियामा १० कठ्ठा जमिन लिजमा लिएर व्यवसायिक माछा पालन गर्दै आइरहेको छ । गतवर्षदेखी सुरु भएको माछा पालनबाट संस्थालाई कृषि क्षेत्रलाई व्यवसायिक करण गर्न र माछा पालनको लागि प्राविधिक सीप र ज्ञानको विकास गर्न सहयोग पुगेको अध्यक्ष इजमले बताउनुभयो ।

स्थापना दिवसमा संस्थाको झिलझिलेस्थित कार्यालयमा केक काटेर खुशीयाली साटासाट गरेर मनाइएको थियो । संञ्चालक समिति, शेयर सदस्य र कर्मचारीहरुबीचमा आयोजित कार्यक्रममा चियापान समेत गरिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *