गोविन ल्वागुन/डुडामारी (शिबसताक्षी), १६ वैशाख–झापाको शिबसताक्षी–८ डुडामारीदेखि हवलदार चोक जोड्ने सडक अन्तरगत शेर्मा चौक–बिकाश चौकसम्मको सडक कालो पत्रे भएको छ ।

उक्त क्षेत्र कलोपत्रे भएपछि स्थानीयवासीहरु हर्षित भएका छन । डुडामारीदेखि करिब शेर्मा चोकसम्मको सडक यसअघि नै कालोपत्रे भईसकेको छ । पछिल्लो समय, शेर्मा चोकदेखि दक्षिण बिकाश चोकसम्म करिब ७ सय ५० मिटर सडक कालो पत्रे भएको हो ।

ग्लोबल कन्सट्रकसन ललितपुरले सडक निर्माणको काम गर्ने ठेक्का पाएको छ । ३७ लाख १० हजार २ सय १३ रुपैया भ्याट सहित निर्माण गरिने उक्त सडक ५ दशमलब ५ मिटर चौडाइको रहेको निर्माण कम्पनीका प्रतिनिधि प्रकाश साँवाले बताए । उहाँका अनुसार सडक स्टामेटमा भएको मापदण्डमा रहेर निर्माण गरेको र सडक कालोपत्रे कामको गुणस्तरमा कुनै सम्झौता नहुने समेत बताए ।

यता स्थानीयबासीहरु समेत कालोपत्रे कामको गुणस्तर मापनमा अनुगमन गरिरहेको बताएका छन । ढिलो गरेर बनेको सडक लामो समयसम्म नबिग्रियोस भनेर नै अनुगमन गरिरहेको स्थानीयहरुले बताएका छन ।

प्रदेश सरकारको प्रदेश समपुरक कोष मार्फत निर्माण भएको सडक ०७८ असार १० सम्ममा सम्मन्न हुने सम्झौता भएको भए पनि सम्झौता मिति अगावै सम्पन्न भएको हो । यो सडक यस नगरको दक्षिणी भेगको कुञ्जिबारी जोड्ने सबै भन्दा छोटो दुरीको सडक भएता पनि जानप्रतिनिधिले सडक स्तरोन्तीमा चासो नदिइकै कारणले गर्दा कालो पत्रेको लागी यतीका बर्ष प्रतिक्षा गर्नु परेको स्थानीय बासीहरुको भनाई छ ।

जनप्रतिनिधि निर्बाचित भएर आएपछि बिकाश निर्माणले धेरै फड्को मारेको भए पनि यो क्षेत्र भने बत्तिमुनिको अध्यारो जस्तै बनेको थियो । यो सडकमा किस्ता बन्दीमा कालो पत्रेको कामा हुन थाले पछि भने केहि राहात महशुस भएको छ ।

यो सडकलाई कालोपत्रे निर्माण निरन्तरताको लागी ०७८।०८९ को बजेटबाट पुन ५० लाख बिनियोजन भएको र बिकास चौकदेखि फाक्तेपहुदै दक्षिण कालोपत्रे हुने प्रदेशसभा सदस्य झलकसिह दर्लामीका स्वकिय सचिब दुर्गा नेम्बाङले बताएका छन ।

यो सडक निर्माण भएपछि यस भेगका नगरिकले कालो पत्रे हेर्न पुर्ब पश्चिम लोकमार्ग पुग्नु पर्ने बाध्यता हट्ने भएको छ । त्यसैगरि यस भेगका जनताको लागी अर्को खुशी थपिएको छ ।

संघिय सांसद एलपी साँवाको पहलमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको निर्वाचन क्षेत्र रणनितिक सडक कार्यक्रम अन्तर्गत यस क्षेत्रको शिबसताक्षीङ-२ मंगलबारे बजारबाट पुर्ब मनकामना बोडिङदेखि उत्तर प्रगती चोकहुदै शिबसताक्षी-८ को बिकाश चोकदेखि दक्षिण शिबसताक्षी-७ को बालसेवा आधारभुत बिद्यालय दक्षिण हिमाली चौकहुदै हवलदार चोक पुर्ब शिबगञ्ज बजार पुर्ब नगर रिङरोडसम्म पनि कालो पात्रे सडक निर्माणको लागी २५ करोड बजेट बिनियोजन भएको सांसद साँवाका स्वकिय सचिब सिकिन पाश्वानले जानकारी दिएका छन ।

यो सडक निर्माण पश्चात यस भेगका जनजीवनमा परिवर्तन हुने सरोकारवलाहरुको भनाई छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *