झापा, १७ वैशाख–झापामा आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।

वैशाख २६ गतेसम्मका लागि एक साता निषेधाज्ञा जारी गर्ने निणर्य भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

जिल्ला शुक्रबार बसेको डिसीसीएमसीको बैठकले झापामा कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाउने निणर्य भएको बताइएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सनाद्वारा हस्ताक्षरित विज्ञप्तीमा सर्वसाधारण, कार्यालय सञ्चालन र सभा सम्मेलनको हकमा छुट्टा(छुट्टै निणर्य गरेको छ ।

सर्वसाधारणका लागि अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन, नेपाल सरकारले तोकेको मापदण्ड अनिवार्य पालना गर्न, कुनै पनि भेला, जुलुस, सभा सम्मेलन, छलफल गोष्ठि नगर्न भनेको छ ।

त्यस्तै, हाट, बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायत भिडभाड हुने कार्य नगर्नेरनगराउने आदेश गरिएको छ ।

त्यस्तै, यातायता सञ्चालनको हकमा जोर विजोर प्रणाली लागु गर्ने निणर्य भएको छ । जस अन्तर्गत जोर गते जोर नम्बर र वीजोर गते वीजोर नम्बरका सवारी साधन सञ्चालन गर्ने निणर्य भएको छ ।

विबाह ब्रतबन्ध तथा अन्य समाजिक कार्यका लागि स्थानीय तहको सिफारिसमा दुइ जना सवारी साधनमा बढीमा ७ जनासम्मका लागि जिल्ला प्रसाशन कार्यालयमा अनुमति लिनु पर्ने जनाइएको छ ।

त्यस्ता कार्यमा बढीमा २५ जनासम्म मात्र सहभागी बन्न पाउने व्यवस्था गरिएको छ ।

आदेश उलङ्घन गर्ने जो कोहीलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारवाही गरिने जनाइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *