कैलाली, १८ वैशाख–कोरोना भाइर संक्रमणबाट कैलालीमा थप दुई महिलाको मृत्यु भएको छ। टीकापुर अस्पतालमा उपचाररत जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै‚ लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

वैशाख ११ देखि उपचाररत उनको शुक्रबार राति १ बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *