दमक, १८ वैशाख–मोरङको उर्लावारीलाई मुख्य कार्यालय बनाएर सञ्चालनमा आएको सूदर्शन सहकारीले आप्नो सेवा विस्तार गरेर झापासम्म पुर्याएको छ । उर्लाबारीमा कार्यालय रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले दमक–७ मा सेवा केन्द्र स्थापना गरेर कारोबार शुरु गरेको हो ।

यस अघि संस्थाले मोरङकै पथरी र मधुमल्लामा सेवा केन्द्र सञ्चालनमा ल्याईसकेको छ । वैशाख दोश्रो सातादेखि दमकमा सेवा केन्द्र सञ्चालनमा ल्याएर कारोबार शुरु गरेको भएपनि यसको औपचारिक उदघाटन भने गरिएको छैन ।

संस्थाका कार्यकारी निर्देशक थरेन पौडेलले कोरोना महामारीका कारण औपचारिक कार्यक्रम गरेर सेवा केन्द्र उदघाटन नगरेपनि सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै कारोबार भने शुरु गरिएको बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *