अनिलदेब/झिलझिले, १८ वैशाख–शिबसताक्षी–८ झिलझिलेस्थित सम्झाना चौकबाट दक्षिण सृजना–लालझोडा–धौलीचौकहुदै शिबगञ्जको हल्दार चौक जोड्ने सडकमा कालोपत्रे निर्माण कार्य भइरहेको छ ।

झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य सांसद एलपी साँवा लिम्बूको क्षेत्र विकास अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट रु ४० लाखको लागतमा गुराँस चौकबाट दक्षिणतर्फ ३ सय ८० मिटर कालोपत्रे निर्माण कार्य भइरहेको हो ।

निर्माणधिन कालोपत्रेको गुणस्तरीयता र प्रभावकारिता सम्बन्धी आज शिबसताक्षी नगरका सरोकारवालाहरुको एक टोलीले स्थलगत अध्ययन तथा अवोलकन गरेका छन् । नेकपा (एमाले) को युवाहरुको साझा संगठन युवा संघ शिबसताक्षी नगर कमिटि अध्यक्ष भीम बोहोराका अनुसार कालोपत्रे निर्माणस्थलमै पुगेर गुणस्तरीयता र प्रभावकारिता सम्बन्धी अध्ययन तथा अवोलकन गरिएको हो ।

टोलीमा सांसद साँवाका प्रतिनिधि सिकिन सासवान, युवा संघ झापाका नेता सुवास गौतम, व्यवसायी दिपेश रिजाल, सुजन ओली, रमेश लावती लगायतको टोलीले स्थलगत अध्ययन र अवोलकन गरिएको युवा संघ शिबसताक्षी नगर अध्यक्ष बोहोराले जानकारी गराउनुभयो ।

यसअघि, सम्झाना चौकबाट गुराँस चौकसम्म कालोपत्रे निर्माण कार्य सम्पन्न भएको छ । यस पटक गुराँस चौकबाट दक्षिण चार सय मिटर कालोपत्रे निर्माण भइरहेको छ, नेता बोहोराले ‘हाम्रोसरोकार’लाई बताउनुभयो । ग्रामिण क्षेत्रबाट सहज रुपमा सडक सञ्जालले जोड्ने लक्ष्य अनुसार सडकलाई कालोपत्रे गर्न सांसद साँवाले आफ्नो निर्वाचन क्षेत्रमा पहलकदम बढाइरहनुभएको हो, बोहोराले भन्नुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *