बीबीसी, १९ वैशाख–कोरोना खोपको एउटा डोज मात्र लगाउनुले पनि भाइरस अरुमा संक्रमण हुने जोखिम आधाले न्युनिकरण हुने नयाँ अध्ययनले देखाएको छ ।

अनुसन्धानमा फाइजर या अक्सफोर्ड–एस्ट्राजेनेका खोपको पहिलो डोज लगाएकाहरु, तीन हप्तापछि संक्रमित भएपनि खोप नलगाउनेको तुलनामा अरुलाई भाइरस सार्ने सम्भावना ४९ प्रतिशत कम रहेको पाइएको हो ।

बेलायतका स्वास्थ्य सचिव म्याट हेनककले यो खबरलाई अत्यन्तै खुसीको समाचार भनेर उल्लेख गरेका छन् र सबै नागरिकहरुलाई योग्यता अनुरुप सक्दो चाँडो खोप लगाइहाल्न जोड दिएका हुन् ।

यस रिसर्चमा खोप लगाएको १४ पछि कोभिड विरुद्धको सुरक्षा प्राप्त भएको देखिएको थियो जसमा सबै उमेर र सबै अवस्थामा सुरक्षाको स्तर उतिनै रहेको थियो । यसमा सुइ लगाइसकेकालाई खोपले लक्षण सहितको संक्रमण हुनबाट पूर्ण बचाउन सक्ने पाइएको हो । जुनसुकै खोपको पनि एउटा डोजले चार हप्तासम्म ६०–६५ प्रतिशत सुरक्षा दिइरहने गरेको यसमा पत्ता लागेको छ ।

पीएचइमा खोप कार्यक्रमकी प्रमुख, डाक्टर मेरी रेमसे भन्छिन्, “यसकारण पनि हामीलाई पहिलेको सामान्य अवस्थामा फर्काउन खोपले महत्वपूर्ण भूमिका खेल्दछ । यसले गम्भीर बिरामी हुनबाट बचाउने र दैनिक हुने कोभिड मृत्युलाई जोगाउन सक्छ । र यसका साथै अब यसको थप अर्को लाभ पनि पत्ता लागेको हो जसमा यसले भाइरस अरुलाई सर्नबाट पनि जोगाउन सक्नेछ ।”

तर यो अध्ययनको नतिजा हौसलापूर्ण भएपनि मानिसहरुले अझै आफूमा भाइरस भए जसरी नै सुरक्षाका उपायहरु अपनाइरहन जरुरी रहेको उनले बताइन् । हात धोइरहने र समाजिक दुरी अपनाउन छाड्न नहुने उनको भनाइ छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *