काठमाडौं, १९ वैशाख–अस्थायी शिक्षक हकहित मञ्चले कोरोना संक्रमणबाट मृत्यु भएका स्थायी शिक्षकका प्रति परिवारलाई सान्त्वना स्वरूप १० लाख रुपैयाँ दिन सरकारसँग माग गरेको छ।

हकहित मञ्चले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। संक्रमित शिक्षकलाई उपलब्ध गराएको एक लाख रुपैयाँ उपचार खर्च निरन्तर दिनुपर्ने र उपचार खर्चपनि व्यवस्थापन गर्नुपर्ने मञ्चको माग छ।

‘बजेट निर्माणधीन रहेको सन्दर्भमा शिक्षा र स्वास्थ्यमा बजेटका आकार बढाई लामो समयसम्म पिसिएका बाल शिक्षक, विद्यालय कर्मचारीको प्राविसरह दरबन्दी व्यवस्था कायम गरी शिक्षा ऐनमार्फत सम्पूर्ण शिक्षकहरुको सेवा सुविधालाई र वैकल्पिक शिक्षाका माध्यमलाई प्राथमिकतामा राख्न जोडदार अपिल गर्दछु,’ केन्द्रीय संयोजक रमेशबाबु भट्टराईद्वारा जारी विज्ञप्तिमा लेखिएको छ।

हकहित मञ्चका अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट १२ जना शिक्षकले ज्यान गुमाएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *