धरमपुर, २० वैशाख–झापाको शिवसताक्षी–१ धरमपुरमा निर्माण सम्पन्न भएको वडा कार्यालय भवन हस्तान्त्रण हुन नपाउदै चर्किएरको छ । धरमपुरको शुक्रबारे बजार पश्चिमतर्फ वडा कार्यालयको भवन उद्घाटन हुनु अगावै भूकम्पको कारण कोठाको अधिकांश भाग चर्किएको हो ।

रु ९९ लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको हो । भवनमा सात वटा कोठाहरु छन् । सातवटै कोठाहरुकाभित्री भागका भित्ताहरु चर्किएको छ । नवनिर्मित भवनको संरचना चर्कनु वा भत्कनु भनेको मापदण्ड अनुसारको काम नभएको मान्न सकिन्छ ।

स्थानीयवासीले वडा कार्यालय भवन निर्माणमा ठेकेदार कम्पनीको चरमलापारवाही भएको र राजनीति आडका कारण भवन निर्माणमा हेलचेक्राई भएको बताउँछन् । भूकम्पको कारण भवनको भित्री भाग चर्किएको भन्ने बाहिर कुरा आएको छ, एक बुद्धिजिवीले भने–’यो गलत हो ।’ ‘यो भ्रम मात्रै हो ।’

भवनको कोठाको भित्ता चर्किनुमा कारण अर्के हो, उनले भने–’भवन चर्किनुमा भूकम्पको बाहाना मात्रै हो ।’

‘खासमा समस्या के हो ? यो समस्या कसरी उत्पन्न भयो ? भन्ने बारेमा जिम्मेवारी पक्षहरुको अध्ययन र अनुगमन हुन जरुरी छ । तर, अध्ययन र अनुगमनको नाममा आ–आफ्नै पक्षले स्थलगत अध्ययन र अनुगमन गर्ने हो भने त्सको कुनै अर्थ छैन्,’ उनले भने ।

नाम उल्लेख नगर्ने सर्तमा वडावासी समेत रहनुभएका राजनीति तथा सामाजिक अगुवाका अनुसार भवन निर्माणमा ठेकदार कम्पनी, इन्जिनियर र जनप्रतिनिधीहरुबीचमा भागभण्डाले वडा कार्यालयको भवनमा समस्या सृजना भएको हो ।

उक्त भवन निर्माणको जिम्मा झिलझिलेस्थित सतासी निर्माण सेवाका सञ्चालक लोकेन्द्र श्रेष्ठले पाएका हुन् । उनका बुबा शिबसताक्षी–११ का वडा अध्यक्षका छोरा हुन् । उनी सत्तारुद दलपार्टी नेकपा (एमाले) का सहयोगी हुन् । सतासी निर्माण सेवाले वडा नं १ को वडा कार्यालयसँगै नगरको वडा नं ३ र ६ को वडा कार्यालय निर्माण गरिरहेको छ ।

सतासी निर्माण सेवाका सञ्चालक लोकेन्द्र श्रेष्ठका अनुसार भवनमा सिमेन्ट तथा अन्य केमिकल सामाग्रीहरु बढी भएर चर्किएको हुन सक्ने अनुमान छ । उनले भने–’भूकम्पको कारण भवन चर्किएको होइन् ।’

कसरी यो संरचना चर्कियो यसबारे थप अनुसन्धान भइरहेको छ, उनले भने–’बाहिरको पलस्टर मात्रै चर्किएको र यसले कुनै असर पार्दैन् ।’ उनले आवश्य परे चर्किएको प्लास्टर फोडेर पुनःनिर्माण गर्न सकिने बताए ।

सञ्चालक श्रेष्ठले निर्माण गरिरहेको शिवसताक्षी नगरपालिका वडा नं. ३ र शिवसताक्षी वडा नं. ६ को वडा कार्यालयमा कुनै समस्या नआएको वडा नं. ३ का वडा अध्यक्ष पुण्यप्रसाद सापकोटा र वडा नं. ६ का अध्यक्ष मनोज खुलाल कार्कीले बताएका छन् ।

यता, नगरपालिकाका वरिष्ठ इञ्जिनियर कृष्ण राईले सोलिङ गर्ने क्रममा प्राविधिक कमजोरी हँुदा भवनको भित्ता चर्किएको हुन सक्ने बताए । उनले कामै नलाग्ने गरेर चर्किएको भए भवनको पुर्नःनिर्माण गरिनुपर्ने बताए ।

सोही वडाका अध्यक्ष सुवास राईले यो प्राविधिक विषय भएकाले यसको जवाफ नगरपालिका र नगरापलिकाको प्राविधिकले दिनुपर्ने बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *