मकवानपुर, २० बैसाख–मकवानपुरमा कोरोना संक्रमणका कारण गए राति दुई जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड-१९ उपचार कक्षमा उपचाररत दुई जना पुरुषको मृत्यु भएको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा। प्रविण श्रेष्ठले जानकारी दिए ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१ निवासी ५५ बर्षीय पुरुष र बारा जिल्लाको अमलेखगञ्ज निवासी ४६ बर्षका पुरुष रहेको हेटौँडा अस्पतालले पुष्टि गरेको छ । उनीहरु कोरोना संक्रमण पुष्टि भएपछि हेटौँडा अस्पतालको कोभिड–१९ उपचार कक्षको भेन्टिलेटरमा उपचाररत रहेको र आइतबार राति उपचारका क्रममा उनीहरुको मृत्यु भएको डा। श्रेष्ठले बताए ।
मृतक हेटौंडाका ५५ वर्षीय पुरुषको राति ९ः३० बजे र बाराका ४६ बर्षका पुरुषको राति करिब १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक दुवै जनाको स्वास्थ्यमा स्वास प्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यसअघि मकवानपुरमा कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भइसकेको छ ।
