दमक, २० वैशाख–झापाको दमकमा दमक उद्योग बाणिज्य संघ सहित इलाका प्रसासन कार्यलय दमक, दमक नगरपालिका, जिल्ला घरेलु कार्यलय र गुणस्तर तथा नापतौल बिभागको टोलिले दमकमा बजार अनुगमन गरेको छ ।

बजार अनुगमन टोलीमा उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, बरिस्ठ उपाध्यक्ष गोपाल गुराँगाई, प्रथम उपाध्यक्ष राजु खड्कासहितको टोलिले बजार अनुगमन गरेको हो ।

सो क्रममा जिल्ला प्रसासन कार्यलय झापा र दमक नगरपालिकाले तोकेको मापदण्ड पालना गर्न र गराउन दमकका ब्यावसायीहरुलाई टोलीले आग्रह गरेको छ ।

कोरोना महामारीको दोश्रो लहर झनै खतरनाक रहेको भन्दै ब्यावसायिहरुलाई सुरक्षीत रहन आग्रहगर्दै स्वास्थ सम्बन्धी सबै मापदण्ड अपनाउन अनुरोध समेत गरेको छ ।

संघका अध्यक्ष श्रेष्ठले पछिल्लो केही दिनमा दमकमा कोरोना संक्रमितको संख्या अनपेक्षित रूपमा बढीरहेले सबै ब्यावसायीहरुलाई गम्भीर हुन आग्रह गरेका छन । साथै, बजार अनुगमन नियमित रूपमा गरिने प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *