काठमाडौं, २० बैसाख–राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिस लगतै गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदकै सिफारिसमा नयाँ प्रदेश प्रमुखमा सीता पौडेल र गंगाप्रसाद यादवलाई नियुक्त गरेकी छिन् । नव नियुक्त प्रदेश प्रमुख यादव दोस्रो संविधानसभामा उपाध्यक्ष थिए ।
लामो समय राप्रपाको राजनीतिक गरेका उनी पछि एमालेमा प्रवेश गरेका थिए । यस्तै पौडेल एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष समेत हुन । उनी पूर्व सांसद हुन् ।
यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेका थिए ।
केही समयअघि मात्र प्रदेश–२ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै राजेश झालाई नियुक्त गरिएको थियो ।
