शिबगञ्ज, २१ वैशाख–झापाको शिबसताक्षी नगरपालिकाले नगरको सवै वडाहरुलाई जोडनेगरी निर्माण कार्य सुरु गरेको सडक सञ्जाल अन्तर्गत रिङरोड अझै व्यवस्थित हुन सकेको छैन् । रिङरोडले प्रभावित स्थानीयवासी र केही गाउँ वा टोलका सुकुम्बासीहरुको व्यवस्थापन, समस्या सम्बोधन हुन सकेको छैन् ।

यसैबीच, रिङरोडको मापदण्द अनुसारको सडकको चौढाई, सुकुम्वासी व्यवस्थापन प्रकृया र कतिपय स्थानमा निर्माणधिन अवस्थाको योजना, योजनाको सुचना बोर्ड, स्टिमेट अनुसार नभएको र ढिलासुस्ती लगायतका बारेमा स्थानीय उपभोत्ताहरुको तर्फबाट नगरपालिकाको मुख्य कार्यालय व्याङडाँडा र वडा नं ६, ५ र ४ का वडा कार्यालयहरुलाई ध्यानकर्षण गराइएको हो ।

नगरको गौरबको योजनाहरुमध्ये एक होः शिबसताक्षी नगरपालिकाको रिङरोड । तर, पाँचवर्ष समय बित्न लाग्दासम्म रिङरोडको अवस्था अन्यौल र अस्त–व्यस्त बनेको छ ।

हाल, निर्माणधिन अवस्थामा रहेको सडकमा मापदण्द अनुसार नभएको स्थानीय उपभोत्ताहरु बताउँछन् । सडकमा ग्राभेलका लागि यत्रत्यत्र गीटि र बालुवा छरेको छ । गीटि वा बालुवासमेत मापदण्द विपरित छ । ग्राभेलको स्तर २० प्रतिशत र ८० प्रतिशत बालुवाको मात्र भएको स्थानीय उपभोत्ताहरुको गुनोसो छ ।

त्यस्तैं, वडा न ४ र ५ लगायतका रिङरोडसँग जोडिएको गाउँहरुमा सुकुम्वासीहरुलाई व्यवस्थापन गर्न नगरपालिका अनाकानी गरिरहेको सो ध्याकर्षणपत्रमा उल्लेख छ । कालोपत्रे गर्न ठेक्का लागेपनि हालसम्म ठेक्का अनुसारको काम अघि नबढेको पत्रमा जनाएका छन् ।

खासगरी, दक्षिणी शिबसताक्षी–६, ५ र ४ का को रिङरोडका उपभोत्ताहरुले हिजो (सोमबार) वडा कार्यालय र नगरपालिकामा ध्यानकर्षणहितको ज्ञापन–पत्र बुझाएका हुन् ।

यसै आर्थिक बर्ष २०७७।०७८ अन्तर्गत रु ६ करोड बजेट छुटिएको छ । बिनियोजित बजेटलाई सक्ने तर कामको गुणस्तरीयता र प्रभावकारिताको बारेमा सम्बन्धित वडा कार्यालयहरु र नगरको योजना अधिकृत, कार्यक्रम अधिकृत र इन्जिनियरहरु जिम्मेवार नभएको ध्यानकर्षणमा उल्लेख छ ।

वडा कार्यालय ४, ५ र ६ सहित इलाका प्रहरी कार्यालय शिबगञ्जलाई बोधार्थ बनाइएको सो ध्यानकर्षण पत्रमा १ सय ३५ जनाले हस्ताक्षर गरेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *