दमक, २२ वैशाख–झापाको शिबसताक्षी नगरवासीलाई खानेपानी व्यवस्थपन सम्बन्धी योजनाहरु जिल्ला खानेपानी डिभिजन कार्यालय झापामा पेश गरिएको छ । नेकपा (एमाले) शिबसताक्षी नगर अध्यक्ष धनबहादुर थेबेले नगरको विभिन्न वडाहरुमा निर्माणधिन अवस्थाका आयोजना र निर्माण गर्नुपर्ने योजना सम्बन्धी माग पत्र खानेपानी डिभिजन कार्यालयमा पेश गरिएको हो ।
जिल्ला खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख सयनकुमार श्रेष्ठलाई शिबसताक्षी नगरका विभिन्न वडाहरुका खानेपानी योजनाहरु पेश गरिएको हो । आर्थिक बर्ष २०७८।७० अन्तर्गत योजनाहरुमा खानेपानी टयाङ्की, भवन निर्माण, बोरिङ तथा घेराबारा सम्बन्धीका कार्यहरु समावेश गरिएको छ ।
प्रतिनिधिसभा सदस्य (संघीय सांसद) लालप्रसाद साँवाको नेतृत्वमा शिबसताक्षी नगरको पाँचवटा स्थानमा खानेपानी निर्माण भइरहेको छ । सांसद साँवाका स्वकीय सचिव सिकिन पासवानका अनुसार शिबसतक्षी–९ मा संंगम खानेपानी, शिबसताक्षी–६ मा शिबगञ्ज खानेपानी, शिबसताक्षी–११ मा झिलझिले खानेपानी, शिबसताक्षी–७, ९ र ११ लाई समेट्नेगरी विरान नहरचौक खानेपानी र शिबसताक्षी–४ मा पाँचगाछी खानेपानीको योजनाहरु छन् ।
