काठमाडौं, २३ वैशाख–बरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ ।
विहान अचानक अस्वस्थ भएपछि उनलाई काठमाडौंको सुन्धारास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ।
संगीतकार लक्ष्मण शेषले पनि फेसबुकमा स्टाटस लेख्दै गायक प्रधानको निधन भएको उल्लेख गरेका छन्।
गायक प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै हिट गीतहरु अहिले पनि धेरै सुनिने गरिन्छ ।
