काठमाडौं, २३ बैसाख–नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ । त्यस्तै, आजै ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ भने मृतकको संख्या ३ हजार ५२९ पुगेको छ । २४ घण्टामा मुलुकभर २१ हजार १४२ वटा नमूनाको परीक्षण गरिको थियो । आज २ हजार ७०७ जना निको भएका छन् ।

काठमाडौं उपत्यकामा २४ घण्टामा ३,९७२ कोरोना संक्रमित थपिए
काठमाडौँ उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ३,९७२ कोभिड संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ हजार १६३ भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जना छन् ।

योसँगै काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३२ हजार ४५२ पुगेको छ । जसमध्ये आईसीयूमा १८७ जना र भेन्टिलेटरमा ८३ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२० जिल्लामा पाँच सय र १७ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित
नेपालका २० जिल्लामा पाँच सय भन्दा बढी र १७ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्। देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को पर्सा, धनुषा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन र मकवानपुरमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही र कपिलवस्तुमा पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी. कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलालीमा पनि पाँच सय बढी सक्रिय संक्रमित पुगेका छन् ।

यस्तै, प्रदेश २ को बारा, महोत्तरी र रौतहट, बागमती प्रदेशको नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली र धादिङ, गण्डकी प्रदेशको गोरखा, तनहुँ र नवलपरासी (पूर्व) र लुम्बिनी प्रदेशको नवलपरासी (पश्चिम), गुल्मी र अर्घाखाँचीमा दुई सय बढी संक्रमित रहेका छन् ।

सुदुरपश्चिम प्रदेशको कन्चनपुर, डडेलधुरा, बैतडी र बैतडीमा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *