बिर्तामोड, २३ वैशाख–पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय चार जना पत्रकारले प्रादेशिक पत्रकारिता पुरस्कार प्राप्त गर्ने भएका छन् । पत्रकारिता क्षेत्रमा गरेको योगदानको सम्मान स्वरुप प्रदेश १ सरकारले उनीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

पुरस्कारका लागि छनौट गरिएकाहरुमा झापाका अग्रज पत्रकार गोविन्द चन्द क्षेत्री र गञ्जबहादुर दाहाल छन् । उदयपुरका कौशल चेम्जोङ र मोरङ उर्लाबारीकी ललिता भट्टराईलाई पनि पुरस्कारका लागि छनौट गरिएको छ ।

प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्माको संयोजकत्वमा गठित समितिले पुरस्कृत अग्रज पत्रकारको नाम छनोट गरेको हो । समितिमा प्रदेश पत्रकार महासंघका अध्यक्ष लीलावल्लभ घिमिरे र निवर्तमान अध्यक्ष विक्रम लुइँटेल सदस्य थिए ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा उनीहरुलाई पुरस्कृत गरिने भए पनि कोरोना भाइरसको संक्रमणका कारण भविष्यमा उपयुक्त अवसर पारेर पुरस्कार वितरण गरिने आन्तरिक तथा कानुन मन्त्रालयका सूचना अधिकारी विजयकुमार मगरले बताए ।

प्रादेशिक पत्रकारिता पुरस्कारको राशि जनही एक लाख रुपैयाँ र सम्मान पत्र रहेको छ । मन्त्रालयले आर्थिक वर्ष २०७४/७५ देखि दुई जनाका दरले प्रदेशका अग्रज पत्रकारलाई पुरस्कृत गर्न सुरुवात गरेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *