झापा, २३ वैशाख–पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन् ।

विभिन्न प्रयोगशालामा २० हजार ३६७ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ९७० र ७७५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ । जसमध्ये २ लाख ९२ हजार ४९० जना संक्रमणमुक्त भइसकेका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा ५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कूल मृतकको संख्या ३ हजार ५२९ पुगेको छ । २ हजार ७०७ जना गत २४ घण्टामा कोरोना संक्रमणमुक्त भएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *