गोविन ल्वागुन/डुडामारी, २३ वैशाख–सुन्दा आश्चर्य लाग्छ, ब्याउदै–नब्याएको कोरली बाछि गाईले दुधे दिन्छ भन्दा । पत्यार नलाग्ने यो घटना कुनै कथा मात्रै होइन । यो घटना सत्य र यर्थाथ हो ।

दक्षिणी इलामको चुलाचुली–१ कमलका एक कषकले पालन गरेको दुई बर्षे कोरली गाईले दूध दिदै आएको पाइएको छ । स्थानिय कृषक सन्तोष ओझाको गोठमा पालेको जर्षी जातको कोरली गाईले दूध दिन थालेको हो ।

कृषक ओझाका अनुसार उक्त कोरली बाछीले दुई साता अघिबाट दूध दिदैं आएको हो । बाँछीको दुध चुहिन थालेपछी आफू आश्चर्यमा परेको बताउँछन, ओझा । उनका अनुसा कोरली गाईको दुध चुहिन थालेपछि दुध दुहुदा आधा केजी आएको हो ।

हाल, दैनिक साझ–बिहान गरेर ३ केजि दूध दुहुदै आएको कृषक ओझाको भनाइ छ । बाछीको पहिलो दुध बिगौती नभई अन्य गाइको सरह नर्मल दूध आएको र दूध डेरिमा लागि चेकजाच गर्दा नर्मल रिपोर्ट आएको र उक्त दूध घरमा खपत हुँदै आएको बताइएको छ ।

उक्त बाछीलाइ हेर्न स्थानीय छरछिमेकी तथा नजिकैको गाउँ शहरबाट रमिताको लागि हेर्न आउने मानिसहरुको घुइचो लाग्ने गरेको कृषक ओझाको दाजु गंगा ओझाले जानकारी दिए । कृषक ओझा बैदेशिक रोजगारीको सिलसिलामा ४ बर्ष मलेसियामा श्रम गरि फर्केका हुन ।

बिदेशबाट फर्केर गाउँमै कृषि तथा पशुपन्छी पालनतर्फ सक्रिय छन् । उनले लिला पशुपन्छी तथा फलफुल फर्म दर्ता गरि गाई भैंसी, बाख्रा, कुखुरा पालन गर्नुका साथै विभिन्न जातको फलफुलका खेती लगाएका छन ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *