काठमाडौं, २४ बैसाख–बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।

६ जेठमा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नेमकिपाले तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेपछि शुक्रबार हेटौंडास्थित बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीमा नेमकिपाका प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईं र अर्की सांसद सिर्जना सैंजु समर्थक रहेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा उपनिर्वाचनमा नेकपाका तामाङको ‘इन्ट्री’ सँगै अब उम्मेद्वारको संख्या तीन पुगेको छ ।

यसअघि सत्तारुढ नेकपा एमालेको तर्फबाट रामबहादुर थापा ‘बादल’ र नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका संयुक्त गठबन्धनका उम्मेदवार डा खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

उपनिर्वाचनका लागि हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको मैदानमा मतदान हुने तय भइसकेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *