दमक, २४ वैशाख–कोरोना संक्रमणबाट झापा गौरादहकी एक महिलाको मृत्यु भएको छ । गौरादह ४ की कोरोना संक्रमित बृद्धाको उपचारको क्रममा दमक एडभान्स अस्पतालमा मृत्यु भएको हो ।

दमकको एड्भान्स अस्पतालमा उपचारको क्रममा ६० वर्षीया ती बृद्धाको आज बिहान मृत्यु भएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए ।

हिजो स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियोे । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४५ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *