काठमाडौं, २५ वैशाख–सन् २०२० पछि ७६ देशका ११ सय ८१ पत्रकारले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्।​

अघिल्लो साता स्वीट्जरल्याण्डको प्रेस एम्बेलेम क्याम्पियन (पिइसी) ले एक प्रतिवेदन जारी गर्दै भारतलगायत विश्वका ७६ मुलुकमा पत्रकारले ज्यान गुमाएको जनाएको हो।

भारतमा मात्र १०७ जनाले ज्यान गुमाएका छन्। कोरोना संक्रमणबाट सबैभन्दा बढी ब्राजिलका पत्रकारको मृत्यु भएको छ।

उक्त प्रतिवेदनका अनुसार ब्राजिलमा कोरोना संक्रमणबाट हालसम्म १८१ र पेरुमा १४० पत्रकारले ज्यान गुमाएको बताइएको छ। यस्तै, भारत तेस्रो स्थानमा रहेको छ।

मेक्सिकोमा १०६, इटालीमा ५२, बंगलादेशमा ५१, कोलम्बियामा ४९ र अमेरिकामा ४७, इक्वेडरमा ४६, बेलायतमा २८ पत्रकारले ज्यान गुमाएका छन्।

यसैगरी डोमिनिकन रिपब्लिकमा २७, पाकिस्तानमा २५, टर्कीमा २४, इरान र रुसमा २१र२१, अर्जेन्टिना र भेनेजुएलामा १७र१७ पत्रकारले ज्यान गुमाएका छन्।

पानामामा १६, स्पेनमा १५ र युक्रेनमा १४ पत्रकारको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *