जनकपुरधाम, २५ वैशाख–कोरोना महामारीको बेला जनतालाई उपचारमा सहजताको लागि धनुषाको शहिदनगर नगरपालिकाका मेयरले चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरिने भएको छ ।
मेयर उदय कुमार बरबरिया ९यादव० ले आफूले चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेका छन् । एम्बुलेन्सको अभावमा ग्रामिण भेगका नागरिकहरुलाई अस्पताल सम्म पुग्नलाई सास्ती व्यहोर्नुपर्ने बाध्यता हटाएर बिरामीलाई समयमै अस्पताल पुर्याउन यस्तो निर्णय गरिएको यादवले बताए ।
शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै मेयर बरबरियाले आफूले प्रयोग गर्दै आएको प्रदेश २–०२ ००१ झ ०००१ नम्बरको सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएर आम नागरिकलाई सहजता प्रदान गर्ने घोषणा गरेका हुन् । ‘दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ ।
‘एम्बुलेन्स नपाएर कोरोना संक्रमित अस्पताल पुग्न नसक्दा ज्यान गुमाएको कैयौं समाचार पढ्दा अत्यन्त दुःख लागेको उनले बताए । भारतसँग सीमा जोडिएकोले धनुषाका ग्रामिण भेगमा पनि संक्रमित हुनेको संख्या बढ्न थालेको छ।
उनले आफूले प्रयोग गरिरहेको सरकारी गाडी नगरभित्रका संक्रमितलाई अस्पतालसम्म र अस्पतालबाट घरसम्म पुर्याउन एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।
