काठमाडौं, २६ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुले विश्वासको मत दिन नसकिने स्पष्ट पारेका छन् ।

नेता महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेर यस्तो बताएका छन् ।

महतोले कुराकानीमा भने, “प्रधानमन्त्रीले हामीसँग विश्वासको मत माग्नुभयो । हामीले अहिले तपाईंलाई विश्वासको मत दिन सक्दैनौँ भन्यौँ ।

अर्को कुरा तपाईंले केही माग पूरा गरिदिनुभएकाले विपक्षमा पनि जान सक्दैनौँ भन्यौँ ।” उनका अनुसार भोलि हुने मतदानमा जसपा तटस्थ बस्नेछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *