एजेन्सी (काठमाडौं), २६ बैसाख–पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तर पूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
रेडक्रसका स्थानीय अधिकारीहरुले खानीभित्र अरू मानिस पनि पुरिएको हुन सक्ने बताएका छन् । पहाडको माथिल्लो भागबाट शुरू भएको पहिरो खानीमाथि खसेको थियो ।
पहिरोका कारण खानीभित्र कार्यरत मजदूरहरू थुनिएका वा माथिबाट ढुङ्गाले लागेको हो भन्ने यकिन हुन नसकेको अधिकारीहरूको भनाइ छ । रासस/सिन्ह्वा
