काठमाडौं, २७ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओली विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिँदा उनको पक्षमा बहुमत सांसद उभिए ओलीले प्रधानमन्त्रीमा निरन्तरता पाउँछन् । तर, उनको पक्षमा बहुमत सांसदले भोट गरेनन् भने प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ । यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ । र, राष्ट्रपतिको कार्यालयले समयसीमा तोकेर संसदलाई नयाँ सरकार गठनका लागि आग्रह गर्ने छ ।

एमालेले ह्वीप जारी गर्दै आफ्ना सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेको छ । तर, एमालेकै माधव नेपाल–झलनाथ खनाल पक्ष ओलीको विपक्षमा छ । विश्वासको मत माग्नुअघि सहमति नभए खनाल–नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

खनाल–नेपाल समूहले राजीनामा दिएको अवस्थामा भने प्रधानमन्त्री ओलीलाई संसदमा बहुमत पुग्ने छैन ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *