काठमाडौं, २७ वैशाख–नेकपा एमालेका माधवकुमार नेपाल समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बिहान ९ बजेसम्म अल्टिमेटम दिएका छन् ।
आज बिहान ९ बजेसम्म ओलीले २०७५ फागुन २ गतेको अवस्थामा फर्किने र फेरि पार्टी सहमतिका साथ सञ्चालन गर्ने प्रतिवद्धता आए संसद्मा उपस्थित हुने नभए गम्भीर निर्णय गर्ने निष्कर्ष निकालेको नेता योगेश भट्टराईले जानकारी दिए ।
