काठमाडौं, २७ वैशाख–नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले छुट्टै पार्टी गठन गरे आफू त्यसमा सहभागी हुने बताएका छन् । गौतमले आज दुईबुँदे धारणा सार्वजनिक गर्दै त्यस्तो बताएका हुन् ।

समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता कार्यमा भने आफ्नो सहमति नहुने उनको भनाइ छ । “वरिष्ठ नेता क.माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्योबाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु,” उनले भनेका छन् ।

त्यस्तै, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने सहमत हुन नसक्ने उनले बताएका छन् । “उहाँले नेकपा(एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क.अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन,” उनको भनाइ छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *