काठमाडौं, २७ वैशाख–काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, “आदेश जारी भइसकेको होइन । हिजो काठमाडौंका मेयर सा’पहरुसहितको बैठक थियो । त्यही बैठकले अझै १५ दिन निषेधाज्ञा जारी राख्नुपर्छ भनेर सिफारिस गरेको हो ।”

उपत्यकामा जारी निषेधाज्ञा यही वैशाख २९ गते राति १२ बजे सकिँदै छ । त्यसपछि कति दिन निषेधाज्ञा थप्ने भन्नेबारे उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गर्नेछ ।

प्रमुख जिल्ला अधिकारुहरुले पनि पनि अझै दुई साता निषेधाज्ञा जारी राख्नुपर्ने बताउँदै आएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *