दमक, २७ वैशाख–झापा शिवतसाक्षीमा एक बृद्धको कोरोनाका कारण मृत्यु भएको छ । शिवसताक्षी १० माइधारका ८४ वर्षीय बृद्धको गएराति विर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।

उनलाई रुघा, ज्वरो आएपछि विर्तासिटी अस्पतालमा भर्ना गरिएको र सिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको वडा नं। १० का वडाध्यक्ष कर्णबहादुर थापाले बताए । उनले गएराति नै बृद्धको मृत्यु भएको जानकारी दिए ।

मृतक बृद्धको सव नेपाली सेनाको टोली आज विहान अन्तेष्ठी गरेको बताइएको छ । हाल शिवसताक्षी वडा नं। १० को माइधारमा संक्रमण बढेको वडाध्यक्ष थापाले जानकारी दिए ।

थापाका अनुसार हाल माइधारमा लकडाउनलाई कडाईका साथ लागु गरिएको छ । मृतक बृद्ध मैनाली थरका हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *