काठमाडौँ, २७ वैशाख–जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सेटिङबाट शासन चल्न नसक्ने बताएका छन् ।

संसदलाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टचार संरक्षणमा लागेको आरोप लगए । उनले प्रधानमन्त्रीले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता विषय त्याग र बलिदानबाट प्राप्त भएको बताए ।

सरकार जनताको पक्षमा नभएको यादवको आरोप थियो । उनले संसद विघटन गरेर अध्यादेशबाट शासन चलाउने कुरा स्वीकार्य नहुने बताए ।

उनले आफ्नो पार्टीले सरकारलाई विश्वासको मत नदिने बताए । उनले सरकारको विकल्प खोज्ने पक्षमा पार्टी रहेको बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *