काठमाडौँ, २७ वैशाख–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान आइसियुमा रहेको बताएका छन् ।
संसदमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र सरकारका कारण संविधान आइसियुमा पुगेको आरोप लगाएका छन् । प्रचण्डले संविधान चिथोरिएको टिप्पणी गरेका छन् । उनले भने, जनता र समाज कोरोना संक्रमित भए जस्तै संविधान संक्रमित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई राष्ट्रिय समस्या भनेकोमा प्रचण्डले जवाफ दिँदै भने, संविधान बनेपछि तपाईलाई प्रधानमन्त्री बनाउनु राष्ट्रिय समस्या हो ?
संविधान निर्माण र बाम गठबन्धन र तपाईलाई प्रधानमन्त्री बनाउनु राष्ट्रय समस्य हो ? भनेर प्रश्न गरे ।
