काठमाडौँ, २७ वैशाख–राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७५ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्न सक्ने सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ताले केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा वैशख ३० गते साँझ ९ बजेसम्ममा प्रधानमन्त्री नियुक्तिका लागि आफ्नो दाबी प्रस्तुत गर्न आह्वान गरिएको उल्लेख छ ।
