काठमाडौं, २८ वैशाख–प्रतिनिधि सभाको विशेष अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकाले सोमबार राती १२ बजेबाट अधिवेशन अन्य भएको संसद सचिवालयले जनाएको छ ।
साँझ बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनका लागि विशेष अधिवेशन बोलाइएको थियो । प्रधानमन्त्री ओलीले विश्वासको मत भने पाएनन् ।
