काठमाडौं, २९ वैशाख–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ संक्रमण दर भारतको भन्दा दोब्बर रहेको जनाएको छ ।

नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार मन्त्रालयका विशेषज्ञ डा। अर्चना श्रेष्ठले नेपालमा संक्रमण र मृत्युदर भारतमा भन्दा धेरै रहेको बताइन् । नेपालमा अहिले कोभिड संक्रमितको संख्या प्रति १० लाखमा ३०४ जना रहेको छ, जुन भारतमा २४० जना प्रति १० लाख रहेको छ ।

त्यस्तै, परीक्षण गरिएकामा संक्रमण देखिने दर टेस्ट पोजिटिभिटी दर ४५।१ प्रतिशत रहेको छ भने भारतमा २२।६ प्रतिशत रहेको छ । त्यस्तै, मृतयुदर पनि भारतको भन्दा बढी रहेको डा। श्रेष्ठले बताइन् । भरतमा २।५ प्रतिशत रहेको मृत्युदर नेपालमा ३।३ प्रतिशत पुगेको छ ।

नेपालका ४४ जिल्लामा संक्रमण व्यापक भएको र अधिकांश जिल्लामा अधिक रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६३४ पुगेको छ ।

त्यस्तै, आजसम्म मुलुकभर एक हजार २४१ जना आईसीयू र २८५ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *