झिलझिले, २९ वैशाख–झापाको शिबसताक्षी–८ झिलझिलेस्थित सम्झाना चौकका स्थानीय युवाहरु आफ्नो घर गाउँको सरसफाई अभियानमा जुटेका छन् । युवाहरुको टोलीले सम्झाना चौकदेखी पूर्व थेचम्बु र पश्चिम बुद्ध चौकसम्म सरसफाई गर्नुका साथै सम्झाना चौकको पुरानो बोर्डलाई परिवर्तन गरेका छन् ।

टोलीका सदस्य सुवास मेन्याङबोका अनसार आफ्नो गाउँ वा चौकको सरसफाईमा स्वतःरुपमा युवाहरु जुटेका हुन् । उनले संम्झाना चौकस्थित लोकमार्गको दायाँ–बायाँ प्लाष्टिक जन्य सामाग्रीहरुलाई आगो लगाएर जलाइएको र सढेर जाने सामाग्रीहरुलाई खाल्डो बनाएर राखिएको बताए । सरसफाईमा सहभागिहरुले मास्क र ग्लोबस लगाएर सावाधानीका साथ जुटेका मेन्याङबोले बताए ।

उनले केही दिन अघि चौक सरसफाई गर्नुका साथै आज पुरानो जीर्ण अवस्थाको बोर्डलाई परिवर्तन गरिएको बताए ।

बोर्ड निर्माण कार्यमा सहभागिहरुलाई स्थानीय अगुवा एबम् सामाजिक व्याक्तित्व डम्बरब बहादुर मेन्याङबोले खाजा वापतको आर्थिक सहयोग गरेका छन् । साथै, मेन्याङबोले बोर्ड राखिएको स्थानमा रात्रीकालिन बिजुलीको प्रवन्ध समेत गर्नुभएको छ ।

संम्झाना चौकहुदै भारतीय सीमावर्ती कुन्जिबारी, शिबगञ्ज, बैगुनधुरा, चौरी, माहाभारा, कोरोबारी लगायतका दक्षिणी क्षेत्रलाई जोड्ने छोटो दुरीको सडक हो ।

(फोटो फिचर)

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *