दमक, ३० वैशाख–झापाको कलम गाउँपालिका वडा नं ३ मा आज बिहान जंगली हात्तीले आक्रमण गर्दा एकजना पुरुषको मृत्यु भएको छ।
स्थानीयका अनुसार ४४ वर्षीय जीतबहादुर लिम्बू हात्तीको आक्रमणमा परेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ।
आज बिहान साढे पाँच बजेतिर रतुवामाई बृक्षारोपण परियोजना वन क्षेत्र नजिक लिम्बूलाई जंगली हात्तीले आक्रमण गरेको हो।
