दमक, ३० वैशाख–झापाको शिबसताक्षी–६ शिबगञ्जमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट पछिल्लो समय दुई जना संक्रमित भएका छन् । वडा अध्यक्ष एबम् नेपाली काँग्रेस शिबसताक्षी नगर समितिका नेता मनोज खुलाल कार्कीले कोरोना संक्रमित व्याक्तिको अवस्था सामान्य रहेको र उनका परिवारलाई समेत कुनै खालको समस्या नरहेको बताउनुभएको छ ।
यसअघि, कोरोना भाइरसको संक्रमणबाट शिबगञ्जका झण्डै तीन दर्जन बढी संक्रमित भएका थिए । आफ्ना वडावासीको जनस्वास्थ्यप्रती रात दिन चासो राखेर स्वास्थ्य सुरक्षाका सामाग्रीहरु साथमा बोकेर वडाभित्र घरदैलो गरिरहनुहुने कार्की यसपटक पनि संक्रमितको घर–घरमा पुगेका छन् । उनी औषधीसहित संक्रमितको घरैमा पुगेर भेटघाट गरिरहेका छन् । उनीहरुको अवस्था र समस्याका बारेमा अवगत हुने काम गरिरहेका छन् ।
यसैबीच, बुधबार वडाअध्यक्ष कार्कीसहित दुधेस्थित शिबसताक्षी नगरपालिकाको आयुर्वेद औषधालयका डाक्टर कविराज राजेन्द्र पोख्रेल र वडाका जनप्रतिनिधिहरु संक्रमितको घरैमा पुगेर रोग प्रतिरोधत्मक क्षमता बृद्धि गर्ने आयुर्वेद औषधीहरु वितरण गरेका छन् ।
खासगरी, दोस्रो लहरको कोरोना संक्रमणबाट संक्रमित हुनेहरुको संख्या दिनानुदिन बढ्दै गएपछि अध्यक्ष कार्कीले आयुर्वेद डाक्टरसहित औषधीहरु लिएर वडाभित्र घरदैलो अभियान सुरु गरेका हुन् ।
सावाधानी अपनाउदा अपनाउदै मान्छेलाई संक्रमण भएपछि घरैमा बसेर झोलकुराहरु खाने वा पिउने अनि नियमित बयाम गर्ने हो तर कतिपयलाई अलि बढि समस्या भएपछि आत्तिने गर्दछन् ।

यस्तो अवस्थामा वडा कार्यालय, नगरपालिकाको तर्फबाट सहयोग उपलब्ध छदैछ तर संक्रमितहरुलाई संक्रमणबाट मुक्त हुन रोग प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटी जन्य औषधि आवश्यक पर्दोरहेछ । र यसै अनुसार संक्रमितका घरैमा आयुर्वेद औषधी उपहार स्वरुप पुर्याउन सुरु गरिएको अध्यक्ष कार्की बताउँछन् ।
अध्यक्ष कार्कीका अनुसार संक्रमितको घरघरैमा पुगेर भेटदा उनीहरुको आत्माबल बढ्ने र चाडै निको हुने भएकोले सावाधानीका साथ भेटघाटका कार्यक्रमलाई प्रभावकारी बनाइएको हो । मानसिक रुपमा पीडित भएको अवस्थामा बिरामीको घर पुग्दा खुशी र प्रसन्न हुन्छन्, अध्यक्ष कार्की बताउछन् ।
टोलीमा वडा सदस्य लक्ष्मी गुरागाईँ, बद्रीनाथ खनाल र इलाका प्रहरी कार्यालय शिवगञ्जका कार्यालय प्रमुखसहित बुधबार संक्रमितको घरमा पुगेका थिए । सो क्रममा संक्रमितहरुलाई गुडूची क्याप्सुल, आमलकी चूर्ण, कोर्डिजोन क्याप्सुल, च्यवनप्राश सहित माक्स र सेनिटाइजर वडा कार्यालयले संक्रमितलाई प्रदान गरिएको अध्यक्ष कार्की बताउँछन् ।
यस्तै, अश्वगंधा चूर्ण, यष्ठीमधु चूर्ण लगायतका जडिबुटी जन्य औषधि पनि दुधे आयुर्वेद कार्यालयले संक्रमितलाई घरघरमा पुर्याउने कार्यक्रम भइरहेको कविराज पोखरेलले जानकारी दिएका छन् ।
यसैबीच, वडा कार्यालय शिबगञ्जले वडाभित्रका रेडक्रस सोसाइटी, शिबगञ्ज प्रहरी कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र लगायतका संघसंस्थाहरुलाई मास्क, सेनिटाइजर, ग्लोबस वितरण गरिएको छ ।
त्यस्तैं, शिबगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरसहितको टोलीले यसअघि वडाका विभिन्न टोल टोलमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्नुका साथै निःःशुल्क औषधी समेत वितरण गरिएको छ ।

