दमक, २० बैशाख–झापाको दमक नगरपालिकामा जेठ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ । बैँक समेत साताको दुई दिन मात्रै सञ्चालनमा हुने छन् । सहकारी र वितिय संस्था अर्को सुचना नभएसम्म बन्द हुने छन । दुध, अण्डा बिक्री गर्ने पसल मात्रै बिहान खुल्न पाउने छन् ।
आज दमक नगरपालिकामा बसेको नगरस्तरीय कोभिड क्राइसिस मेनेजमेन्ट कमिटीको बैठकले यातायत, पसल बन्द गर्ने निर्णय भएको हो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश न्यौपानेले संक्रमणको दर अत्याधिक उच्च भएपछी नगरपालिका क्षेत्रभित्र कडाईका साथ लकडाउन गर्ने निर्णय भएको बताए । अब यातायातका साधन, बजार, तरकारी पसलसम्म बन्द हुनेछन्, उनले भने, प्रभावकारी रुपमा बन्दाबन्दी कार्यान्वयन हुने छ ।
दमकमा निषेधाज्ञा अवज्ञाको क्रम बढेसँगै स्थानीय सरकारले प्रभावकारी रुपमा बन्द गर्ने निर्णय गरेको हो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले नागरिक स्वयं सचेत नभइ संक्रमण नियन्त्रण गर्न कठिन भएको बताए । उनका अनुसार दमकमा जेठ १ देखि ७ सम्म पूर्ण रुपमा बन्द हुने छ ।
दमकमा अत्यावश्यक, एम्बुलेन्स, प्रेस बाहेकका अरु यातायातका साधन बन्द हुने छन् ।
