गोविन ल्वागुन/झिलझिले, ३० वैशाख–झापाको झिलझिलेस्थित इलाका प्रहरी कार्यालय झिलझिलेलाई दलित अधिकार समन्वय शिबसताक्षी नगर समितिले बिहिबार स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।
इलाका प्रहरी कार्यलय झिलझिलेमा एक कार्यक्रमबीच दलित अधिकार समन्वय समितिले हेन्ड सेनिटाइजर, मास्क र चस्मा सहितको फेस भाइजर लगायतको स्वस्थ्य सुरक्षा सामग्री हस्तन्तरण गरेको हो ।
दोश्रो लहरको कोरोना भाइरस (कोभिट–१९) को संक्रमणले देश आक्रन्त बनिरहेको अवस्थामा अग्रभागमा रहेर देश र जनताको सुरक्षाको निम्ति अहोरात्र खाटिने प्रहरीलाई सुरक्षित भइ जनताको सेवा गर्न सहज बनाउन उक्त स्वस्थ्य सामग्री बितरण गरेको समितिका उपाध्यक्ष मोहन सेन्चुरीले बताए ।
स्वास्थ्य सुरक्षा सामाग्री ग्रहण गर्दै इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख प्रहरी निरिक्षक धुर्बनारयण श्रेष्ठले धन्यवाद व्यक्त गरे । प्रनि श्रेष्ठले यो संकटको घडिमा पाएको स्वस्थ्य सुरक्षा सामग्रीबाट हर्षित भएको बताए । उनले आफ्नो कार्यालय इप्रका झिलझिले मतहतको प्रहरी कार्यालयहरुलाई जनताको सेवा गर्न सहज हुने बताए ।
स्वास्थ्य सुरक्षा सामग्री बितरणको अवसरमा ट्राफिक प्रहरी कार्यालय झिलझिलेका प्रमुख, नगर कार्यपालिका सद्स्य जानुका चाहार दर्जी, समितिका उपाध्यक्ष सन्त पोर्तेल, सहसचिब एबम् व्यवसायी हरिसंखर सिलवाल लगयतको सहभगिता रहेको थियो ।
