काठमाडौँ, ३१ वैशाख–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी विवादका विषयमा कार्यदल बनाउने सहमतिपछि माधवकुमार नेपालले आफ्नो समूहका केन्द्रीय सदस्यहरुको बैठक आज अपरान्ह २ बजे बोलाएका छन् ।
नेता नेपालले बिहीबार अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको छलफल र सहमतिबारे जानकारी दिन नेताहरुको बैठक बोलाएका हुन् । दुई नेताबीचको सहमतिको जानकारी दिन र थप रणनीति बनाउन बैठक आयोजना गरिएको बताइएको छ ।
नेपाल समूहले माओवादीसँग पार्टी एकता हुनु भन्दा अघिको अवस्था २०७५ जेठ २ मा फर्कनु पर्ने र फागुन २८ गतेको निर्णय खारेज हुनु पर्ने माग गर्दै आएको छ । माघ पुरा नभएको भन्दै नेपाल समूहले संसदबाट राजीनामा पदिने तयारी गरेको थियो । तर, ओली समूह केही लचिलो भएपछि राजीनामा रोकिएको छ ।
