काठमाडौं, २ जेठ–नेपालमा पछिल्लो २४ घण्टााम देशभरबाट थप ६,६४८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । सोही अवधिमा नेपालमा थप ७,३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ५३९ र एन्टिजेन विधिबाट ३४४ जनाको परीक्षण गर्दा ७,३६८ जनामा संक्रमण पुष्टि भएको हो

त्यस्तै, थप १४५ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या पाँच हजार १ पुगेको छ।

त्यस्तै, देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने हालसम्म तीन लाख ३९ हजार ७५६ जना निको भइसकेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल देशभर एक लाख १० हजार २६३ सक्रिय संक्रमित आइशोलेशन र ७०१ जना क्वारेन्टाइनमा छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *