नयाँदिल्ली, ३ जेठ–कोरोना भाइरसविरुद्ध भारतले बनाएको खाने औषधि सोमबार सार्वजनिक गरिएको छ ।
भारतको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले विकास गरेको २-डीजी औषधि रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा.हर्ष वर्द्धनले सार्वजनिक गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
हैदराबादस्थित डा.रेड्डिज प्रयोगशालामा यो औषधिको १० हजार डोज तयार भएको बताइएको छ ।
स्वास्थ्यमन्त्री हर्ष वर्द्धन भन्छन्, ‘यस औषधिको सेवनले कोरोना संक्रमित चाँडै निको हुन्छन् र यसले अक्सिजनमा भर पर्नुपर्ने अवस्थालाई कम गर्छ ।’ एजेन्सी
