एजेन्सी, ४ जेठ–चीनले अहिले विश्वमा सबैभन्दा धेरै दैनिक करिब एक करोड ४० लाख मानिसलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइरहेको छ ।

कोरोना विरुद्ध आफ्ना नागरिकरुलाई खोप लगाउँदै मुलुकको अर्थतन्त्र सबैभन्दा पहिला खोल्ने दाउमा विश्वभर खोप अभियान चलिरहेको छ । यस्तोमा दैनिक खोप लगाउनेको संख्याको आधारमा चीन सबैभन्दा अगाडि देखिएको हो ।

पछिल्लो समय चीनको पूर्वी प्रान्तमा अन्हुई र उत्तरपूर्वी लियाओनिङ प्रान्तमा कोरोनाका संक्रमित बढेसँगै चीनले आफ्नो खोप अभियानलाई तीव्रता दिएको हो । सामाजिक सञ्जालहरुमा राखिएको भिडियोमा मानिसहरु खोप लगाउन निकै उत्साहित देखिएका छन् । खोप केन्द्रअघि भारी वर्षा भइरहेको समयमा पनि लामो लाइन देख्न सकिन्छ ।

अन्हुई प्रान्तको राजधानी हेफेईमा शुक्रबार तीन लाख ६० हजार डोज कोरोना खोप दिइएको थियो । एक करोड मानिसको जनसंख्या रहेको यो सहरमा शुक्रबार सबैभन्दा धेरै मानिसले कोरोना खोप लगाएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले बताएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार अहिले चीन दैनिक २ करोड डोज कोरोना खोप दिनसक्ने अवस्थामा छ ।

चीनसहितका धेरै एसियाली मुलुकहरु मानिसहरुमा रहेको खोपप्रतिको अविश्वास हटाउन संघर्ष गरिरहेका छन् । केही मानिसहरु आफ्नो क्षेत्रले यसअघि देखिएको कोरोना संक्रमण हटाउन सफल भएको भन्दै अब कोरोना नलाग्नेमा ढुक्क भएर बसेका छन् भने केही मानिसहरु उपलब्ध कोरोना खोपमा विश्वास गर्दैनन् ।

यद्यपि पछिल्लो सिंगापुर र ताइवानजस्ता मुलुकमा फैलिएको कोरोना संक्रमणको कारण निकै कडा लकडाउन गरिएको र सबै मानिसहरुलाई खोप लगाउँदै कोरोनाको गम्भीर लक्षण देखिनबाट बचाउन सकिन्छ भन्नेतर्फ आफ्नो ध्यान केन्द्रित गरेका छन् ।

चीन अमेरिका र अन्य पश्चिमा मुलुकभन्दा पहिला कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रण गरेकाले प्राप्त भएको फाइदा गुमाउन चाहँदैन । त्यसैले चीनले सबै नागिरकलाई कोरोना खोप दिनको लागि दबाब दिन सक्छ ।

चीनको नेशलन हेल्थ कमिसनको तथ्यांकअनुसार शुक्रबार चीनमा एक करोड ३७ डोज कोरोना खोप दिइएको थियो । यसको अर्थ अहिले चीन आफ्ना ४० प्रतिशत मानिसहरुलाई कोरोना खोप दिने लक्ष्यनजिक देखिएको छ । त्यसका लागि उसले जुन महिनाको अन्तिम सम्ममा ५६ करोड डोज कोरोना खोप दिनुपर्ने हुन्छ ।

आइतबारसम्मको तथ्यांकअनुसार अहिलेसम्म ३९ करोड ३० लाख डोज कोरोना खोप दिइएको छ । जसमध्ये २१ करोड डोज खोप पछिल्लो एक महिनामा दिइएको हो । यो तथ्यांकले पछिल्लो समय चीनमा कोरोना खोप अभियान निकै तीव्र गतिमा बढिरहेको देखाउँछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *