दमक, ४ जेठ–झापाको दमकमा थप एक संक्रमित महिलाको मृत्यु भएको छ । बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा दमक-८ की तामाङ थरकी ६२ वर्षिया महिलाको मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिए ।
जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतका अनुसार आज बिहान उनको उपचारका क्रममा निधन भएको हो ।अहिले बिर्तासिटी हस्पिटलमा इमर्जेन्सी र बेड गरी ५१ जना कोरोना संक्रमितको उपचार भइरहेको उनले जानकारी दिए ।
आज विहान मात्र दमकको लाइफलाइन अस्पतालमा दमक ५ की ३५ बर्षिया महिलाको पनि मृत्युभएको थियो । यो सँगै दमकमा संक्रमणवाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
