काठमाडौं, ५ जेठ–जनता समाजवादी पार्टी (जसपा) प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने भएको छ ।

पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिपक्षमा नै रहेर भूमिका खेल्ने जानकारी गराएका हुन् ।

“पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क–वितर्क एवम् अड्कलबाजीहरू भइरहेका छन् । तत्काल हामो पार्टी सरकारमा सहभागी हुने छैन । जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ ।

तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ,” विज्ञप्तिमा भनिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *