काठमाडौँ, ५ जेठ–नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो ।
भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ । यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।

