दमक, ५ जेठ–झापाको दमक नगरपालिकाका पूर्व जनप्रतिनिधीको कोरोना संक्रमणबाट निधन भएको छ । साविक दमक-१० हालः दमक–५ का पूर्व वडा अध्यक्ष मोति इङनामको कोरोना संक्रमणबाट मृत्यु भएको दमक ५ का वडा अध्यक्ष इन्द्र गुरुङले जानकारी दिए ।

नेकपा एमालेका नेता समेत रहनुभएका पुर्व वडाध्यक्ष इङनामको बिराटनगरस्थित नोबेल अस्पतालमा आज बिहान २ बजे निधन भएको हो ।

उनी कोरोना संक्रणमपछी बिर्तामोडको बिर्तासिटी अस्पतालमा झण्डै १५ दिनदेखि उपचाररत थिए । तर स्वास्थ्यमा असहजता देखिएपछी उनलाई आजै नोबेल अस्पताल लगिएको गुरुङले जानकारी दिए ।

इङनाम २०५४ मा साविक दमक १० को वडा अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *