दमक, ५ जेठ–झापामा आज थप २९६ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार पछिल्लो २४ घण्टामा १३० महिला र १६६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा दमकमा ४५ महिलासहित ८९ जना, बिर्तामोडमा २५ महिलासहित ४३ जना, गौरादहमा ६ महिलासहित ७ जना र मेचीनगरमा १० महिलासहित ३२ जना रहेका छन् ।

त्यस्तै भद्रपुरमा ११ महिलासहित ३२ जना, कन्काईमा ७ महिलासहित १९ जना, हल्दिबारीमा १ महिलासहित २ जना, शिवसताक्षीमा ४ महिलासहित ८ जना, झापामा १ महिलासहित ५ जना रहेका छन् ।

त्यसैगरी अर्जुनधारामा ८ महिलासहित २४ जना, बुद्धशान्तिमा ८ महिलासहित २० जना, कमलमा ३ जना, बाह्रदशीमा ५ महिलासहित ७ जना, कचनकबल १ महिलासहित ३ जना र गौरिगञ्ज र ठेगना नखुलेको स्थानमा १(१ जनामा संक्रमण देखिएको छ ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको कुल संख्या ८ हजार ५०७ पुगेको छ ।

झापामा आज कोरोना संक्रमणबाट थप सातजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने २ महिला र ५ जना पुरुष रहेका छन् ।

त्यस्तै झापामा आज ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै झापामा संकमणमुक्त हुनेको संख्या ४ हजार ९६३ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *